फागुन–२३ खोटाङ,
खोटाङमा क्रियाशील दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल प्रेस यूनियन खोटाङले पत्रकार सुर्य तामाङ र चिसाङ शेर्पालाई नगद सहित पुरस्कृत गरेको हो ।
यूनियनले आफ्नो छैठौं जिल्ला अधिबेसन तथा नवौं साधारणसभाको अवशरमा बुधबार तामाङ र शेर्पालाई पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र विकास निर्माण एबं परिवर्तनका मुद्धालाई सकरात्मक दिशा दिनका लागि खेलेको भूमीकाको कदर गर्दै पुरस्कार प्रदान गरिएको प्रेस यूनियनका पूर्ब अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको कार्यक्रममा पत्रकारद्वयलाई खादा ओढाएर जनही तीन हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । रुपाकोट रेडियोका स्टेशन मेनेजर रहेका पत्रकार तामाङ रेडियो नेपाल र समायोजन खबर डट कमका सञ्चालक रहेका शेर्पा हिमालय टाइम्स दैनिकमा आवद्ध छन् । पत्रकारद्धयलाई प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल, कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठ लगायतले पुरस्कार हस्तान्तरण गरेका हुन् ।