फागुन–२३ खोटाङ,
पत्रकार उत्तम चौंलागाईंको नेतृत्वमा नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङ गठन भएको छ । बुधबार सम्पन्न युनियनको छैठौं जिल्ला अधिवेसन तथा नवौं साधारणसभाबाट चौलागाँईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो ।
चौंलागाई लगायतका समिति निर्विरोध चयन भएको बताईएको छ । जिल्ला समन्वय समिति खोटाङमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र वस्नेत र कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिव दिपा वस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री शिक्देल र महासचिव अजयबाबु शिवाकोटीको उपस्थितिमा अबिधेशन सम्पन्न भएको हो । कारोबार राष्ट्रिय दैनिकका जिल्ला सम्बाद्दाता रहेका चौंलागाईं प्रभाब न्युज डट कमका सञ्चालक हुन् ।