फागुन-२१ खोटाङ,
युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा खोटाङ खार्मीका एक पुरुषलाई पक्राउ गरिएको छ । १७ वर्षीय युवतीलाई यौन दुव्र्यवहार गरेको उजुरीको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
फागुन १३ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडक विरुद्ध प्रहरी चौकी जालपामा उजुरी परेपछि फागुन १५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो।
आरोपितमाथि युवतीको संवेदनशिल अंग छोएको, किस गरेको अभियोग छ । यौन दुव्र्यवहारका घटनालाई पीडक पक्षले आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास गरेकाले ढिला गरी जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ । जाहेरी दरखास्त परेपछि कानूनी कारबाही अघि बढाइएको डिएसपी केसीले सुनाउनुभयो ।