काठमाडौं १५ फागुन । हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
आज बिहान पौने १२ बजे पाथिभर दर्शन गरी काठमाडौं फर्कने क्रममा मन्त्री अधिकारीसहित सात जना सवार एअर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना हो ।

प्रहरीले ६ जनाको शव चिन्न नसकिने अवस्थामा फेला परेको बताएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको हो ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे रहेका थिए भने चालक दलका एक सदस्य क्याप्टेन प्रभाकर केसी रहेका थिए ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here