रामधन राई/खोटाङ
फागुन–१३, पुर्वी नेपालका खोटाङ, भोजपुर, सोलुखुम्वु र संखुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्दन गर्ने उदेश्यले एक्सप्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप अर्थात अध्ययन–अवलोकन यात्रा जारी सम्पन्न भएको छ । नेपाल सरकारले समेत नेपालको उत्कृष्ट सय गन्तव्यमा छनौट गरेको पदमार्गको ७ दिने ट्रिप सकिएको हो ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्के डाँडा, चखेवा भञ्याङ, मैयुङ डाँडा, सिलिचुङ डाँडा सम्मको पदमार्गलाई मुन्दुम ट्रेलको नामाकरण गरिएको छ । गत मंगलवारवाट सुरु गरिएको ट्रिपमा नेपाल टुरिजम वोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल(टान)का गन्तव्य अनुसन्धान विभाग प्रमुख सुकवहादुर लामा, वनस्पति विभागका उपसचिव दीपक लामिछाने, पर्यटनविद्, वातावरणविद्, पत्रकार लगायतको टोली रहेका थिए । गत वर्ष एक्सप्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्दन विकास केन्द्र(एमटीएसएस)को संयोजन रहेको थियो ।
खोटाङको हलेसीदेखि अध्ययन–अवलोकन सुरु गरेको टोलीले खोटाङ र भोजपुरको सिमा क्षेत्रमा अवस्थित चखेवा, टेम्के, मयुम लगायतको भ्रमण गरेको एमटीएसएसका अध्यक्ष तथा ट्रिप संयोजक रमेश राईले वताउनुभयो । हलेसी क्षेत्र तथा किरातीहरुको उद्गम थलोको रुपमा लिने तुवाचुङ–जायजुम डाँडा हुँदै अघि वढेको टोलीले खोटाङ र भोजपुरका जनप्रतिनिधिहरुसहित मुन्धुम ट्रेल सम्मेलन समेत गरेको जनाईएको छ । फाम ट्रिपमा सहभागी टोलीले साकेला सिली नाच लगायतको किराती संस्कृतिको अवलोकन तथा छायाँङकन गरेको छ ।
ट्रिपमा दुई जिल्लाको सिमा क्षेत्रमा अवस्थित रमणीय डाँडाहरु दल्सिङे र मेहेरुङ, धोद्रे देउराली टि हाउस लगायतको अध्ययन अवलोकन गरिएको संयोजक राईको भनाई छ ।


ट्रिपअन्तर्गत मयुम डाँडा क्षेत्रको हाँसपोखरी, भोजपुर वजार, टक्सार वजार, तिम्माको सावा गाउँ आदिको भ्रमण गरिएको टोलीले जनाएका छन् । धनकुटा, हिले, ईटहरी हुँदै विराटनगर पुगेर प्रदेश सरकारसँग अन्र्तक्रिया गरी काठमाण्डौंतर्फ लागेपछि फाम ट्रिप समापन भएको वताईएको छ ।
मुन्धुम ट्रेल अन्र्तगत पर्ने टेम्के डाँडाको उचाई समुन्द्री सतहबाट ३ हजार १ सय ६५ मिटर रहेको छ । त्यस्तै मैयुङ डाँडाको उचाई ३ हजार ३ सय ३३ र साल्पासिलिचुङ डाँडाको उचाई ४ हजार १ सय ५५ मिटर छ । गत वर्षकै एक्सप्लोरमा रुट मार्किङ, वाटोको अध्ययन, म्याप सर्वे, जैवीक विविधताको अध्ययन पानीको उपलव्धता लगायतका वारेमा जानकारी लिईएको थियो । मुन्धुम पदमार्गमा किराती जीवनशैलीको अध्ययन तथा अवलोकन गर्न सकिन्छ । उक्त पदमार्गको ट्रिप गर्दा दुधकुण्ड(नुम्वुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजंघा समेतको हिमाली श्रृंखला अवलोकन गर्न सकिने जनाईएको छ । ठूला–ठूला घाँसे खर्क, लमतन्न फैलिएका खर्कहरुको वीचवाट डाँडाको शीरैशीर प्रचलित दम्साईलो वाटो उक्त पदमार्गको विशेषता हो ।


गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जंगल अवलोकन गर्न पाईने पदयात्रामा डेढ–दुई घण्टाको दुरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको वताईएको छ ।
पदमार्गमा पर्ने अधिकांश वस्ती किरात वस्ती भएको तथा किरातीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराती जीवनशैली तथा संस्कार–संस्कृतिको वारेमा वर्णन हुने भएकोले पदमार्गको नाम मुन्धुम राखिएको एमटीएसएसका अध्यक्ष रमेश राईको भनाई छ । टेम्केदेखि मयुम हुँदै सिलिचुङसम्म तीर्थयात्रा गर्ने पुरानो प्रचलन रहेको छ । चार जिल्ला समेट्ने पदमार्गको टे«ल मार्किङको क्रममा दैनिक ६ देखि ८ घण्टासम्म हिँड्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here