खोटाङ फागुन–७, पुर्वी नेपालका खोटाङ, भोजपुर, सोलुखुम्वु र संखुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्दन गर्ने उदेश्यले एक्सप्लोर गरिएको मुन्धुम पदमार्गको फाम ट्रिप(अध्ययन–अवलोकन यात्रा) सुरु गरिएको छ । गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्दन विकास केन्द्र(एमटीएसएस)को संयोजनमा मंगलवार विहानदेखि फाम ट्रिप सुरु गरिएको हो ।

नेपाल सरकारले समेत नेपालको उत्कृष्ट सय गन्तव्यमा छनौट गरेको पदमार्गको ७ दिने ट्रिपमा नेपाल टुरिजम वोर्ड, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल(टान), पर्यटनविद्, वातावरणविद्, पत्रकार लगायतको टोली रहेको ट्रिप संयोजक रमेश राईले वताउनुभयो । काठमाण्डौंदेखि सुरु गरिएको यात्रालाई खोटाङको हलेसीदेखि औपचारिकता दिईने तालिका रहेको संयोजक राईले सुनाउनुभयो । टोलीले पहिलो दिन हलेसी क्षेत्र तथा किरातीहरुको उद्गम थलोको रुपमा लिने तुवाचुङ– जायजुम डाँडा हुँदै दिक्तेलवजारसम्मको यात्रा तथा अध्ययन गर्ने जनाईएको छ ।

यस्तै, दोश्रो दिन खोटाङ र भोजपुरको सिमानामा अवस्थित रमणीय चखेवा भञ्ज्याङ तथा टेम्के डाँडा चढ्ने र विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख लगायतका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गर्ने जनाईएको छ । सोही दिन वेलुकी साकेला सिली नाच लगायतको किराती संस्कृतिको अवलोकन तथा छायाँङकन गर्ने टोलीको तयारी रहेको छ ।

गत वर्षकै एक्स्प्लोरमा रुट मार्किङ, वाटोको अध्ययन, म्याप सर्वे, जैवीक विविधताको अध्ययन पानीको उपलव्धता लगायतका वारेमा जानकारी लिईएको मुन्धुम मार्गको फाम ट्रिप अन्र्तगतको तेश्रो दिन खोटाङ र भोजपुरकै सिमा क्षेत्रको यात्रा तथा अध्ययन–अवालोकन गर्ने योजना रहेको छ । दुई जिल्लाको सिमा क्षेत्रमा अवस्थित रमणीय डाँडाहरु दल्सिङे र मेहेरुङ जंगल आसपास क्याम्पिङ गर्ने र सोही दिन मेहेरुङ डाँडा चढेर धोद्रे देउराली टि हाउसको अध्ययन गर्ने कार्य तालिका निर्माण गरिएको फार्म ट्रिपको संयोजकले वताएका छन् ।

अन्य चार दिनभित्र मयुम डाँडा क्षेत्रको हाँसपोखरी घुम्दै मयुम चढ्ने, भोजपुर वजार, टक्सार वजार, तिम्माको सावा गाउँ आदिको भ्रमण गर्ने टोलीको तयारी छ । धनकुटा, हिले, ईटहरी हुँदै विराटनगर पुगेर प्रदेश सरकारसँग अन्र्तक्रिया गरी काठमाण्डौं फर्किएपछि फाम ट्रिप समापन हुने संयोजक संस्थाको तालिकामा उल्लेख छ ।
मुन्धुम पदमार्गमा किराती जीवनशैलीको अध्ययन तथा अवलोकन गर्न सकिन्छ । उक्त पदमार्गको ट्रिप गर्दा दुधकुण्ड(नुम्वुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजंघा समेतको हिमाली श्रृंखला अवलोकन गर्न सकिने जनाईएको छ । ठूला–ठूला घाँसे खर्क, लमतन्न फैलिएका खर्कहरुको वीचवाट डाँडाको शीरैशीर प्रचलित दम्साईलो वाटो उक्त पदमार्गको विशेषता हो ।
गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जंगल अवलोकन गर्न पाईने पदयात्रामा डेढ–दुई घण्टाको दुरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको वताईएको छ ।
पदमार्गमा पर्ने अधिकांश वस्ती किरात वस्ती भएको तथा किरातीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराती जीवनशैली तथा संस्कार–संस्कृतिको वारेमा वर्णन हुने भएकोले पदमार्गको नाम मुन्धुम राखिएको एमटीएसएसका अध्यक्ष रमेश राईको भनाई छ । टेम्केदेखि मयुम हुँदै सिलिचुङसम्म तीर्थयात्रा गर्ने पुरानो प्रचलन रहेको छ । चार जिल्ला समेट्ने पदमार्गको टे«ल मार्किङको क्रममा दैनिक ६ देखि ८ घण्टासम्म हिँड्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here