सुरक्षित अप्रबासन परियोजना (सामी)को बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्तरगत तीन बिद्यालयका १५० बिद्यार्थी र सामाजिक शिक्षकलाई सहभागी गराएर सचेतनामुलक कार्यक्रम गरिएको हो । बिद्यार्थी र शिक्षकलाई बैदेसिक रोजगारमा चुनौती तथा अवशर, फाईदा बेफाईदा लगायतको बिषयमा जानकारी गराइएको परियोजनाका साझेदार संस्था बालसेवा समाज नेपालकी सामाजिक परिचालक लिला निरौलाले बताउनु भयो ।
यस्तै, खिदिमा र रतन्छामा सुरक्षित बैदेसिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन गरिएको छ । बिदेश जानअघि लिनुपर्ने तालिम र सीपको महत्व, कागजात, आवश्यक परामर्श, सुचना केन्द्र लगायतमा बिषयमा जानकारी दिन घुम्ती शिबिर सञ्चालन गरिएको हो । दुई गाबिसका प्रत्येक वडामा बैदेसिक रोजगार सम्बन्धी घुम्ती शिबिर सञ्चालन गरिएको बालसेवाले जनाएको छ । सामाजिक परिचालक बिनिता राई, अञ्जुर राई र लिला निरौलाको टोलीले कार्यक्रम सञ्चालन गरेको हो ।