सरस्वती माविले मनायो ६६ औं वार्षिकोत्सव

1130

खोटाङ ५ फागुन । खोटाङ दिक्तेलस्थित सरस्वती माविले ६६ औं वार्षिकोत्सव मनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित माविले एक कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हाे ।

वार्सिक उत्सब सांसद बिशाल भट्टराईको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । विद्यालयले वार्षिकोत्सवको अवसरमा मुखपत्र सरस्वती सार्वजनिक गरेको थियो ।
सरस्वती माविलाई भौतिक आर्थिक र शैक्षिक रुपमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा लिने गरिन्छ । सांसद भट्टराईका अनुसार १ हजार ५ सय ७६ विद्यार्थी र ३५ जना शिक्षक कर्मचारी माविमा छन् भने प्रदेशकै ठूलो विद्यालयमा सरस्वती माविलाई लिने गरिन्छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई ,पुर्व सांसद दुर्गाजयन्ती राई, सरस्वती बजिमय, नेकपाका नेता कुमार आचार्य लगायतको उपस्थिति रहेको थियोे ।

 




Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here