काठमाडौं ५ फागुन । खोटाङको थामखर्क विमानस्थल पुनः सञ्चालनमा आएपछि सरकारी एयरलाइन्स नेपाल एयरलाइन्सले हप्ताको दुई दिन उडान भर्ने भएको छ ।

थामखर्क विमानस्थलमा काठमाडौंबाट हप्ताको दुई दिन उडान हुने भएको हो भने विराटनगर एक दिन हुने भएको हो । अब काठमाडौं–थामखर्क शनिबार र बुधबार उडान भएको हो । यस्तै, विराटनगर–थामखर्क बुधबार उडान भएको हो ।