काठमाडौं २ फागुन । सरकारले खोटाङका पाँच स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँसभा तथा नगरसभाबाट प्राप्त सिफारिस तथा प्रदेश मार्फत आएको सिफारिसका आधारमा नाम र केन्द्र हेरफेर गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक परिपत्र जारी गर्दै जनाएको छ ।

नयाँ निर्णय अनुसार रुपाकोट मझुवागढी नगरपालिकाको नाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा परिणत भएको छ । खोटाङको लामिडाँडा गाउँपालिका नाम तथा खार्पामा रहेको केन्द्र पनि परिवर्तन भएको छ । गाउँपालिकाको नाम अब रावाबेसी गाउँपालिका हुने भएको छ भने खार्पामा रहेको केन्द्र कुभिण्डेको हरमटार वडा १ मा कायम भएको छ ।

साकेला गाउँपालिकाको यसअघि वडा नम्बर ५ मात्तिममा रहेको केन्द्र अब वडा नम्बर ४ मानेभञ्ज्याङ कायम भएको छ ।
यसैगरी, बहारापोखरी गाउँपालिकाको साउनेचउरमा रहेको केन्द्र अब बाघखोर भञ्ज्याङ कायम भएको छ ।

यस्तै, दिप्रुङ गाउँपालिकाको नाम दिप्रुङ चुईचुम्मा गाउँपालिकामा परिवर्तन भएको छ भने तृतीय भन्ज्याङ याङसोलाटार कायम गरिएको छ ।

मन्त्रलयले ९८ स्थानीय तहको नाम तथा केन्द्र परिवर्तन गरेको हो । जसमा खोटाङका चार वटाको परिवर्तन भएको हो ।