खोटाङ माघ–२९, नजिकमा विद्यालय नहुँदा खोटाङस्थित माझी समुदायका वालिवालिका वीचमै पढाई छाड्न वाध्य छन् । नजिक भभनिएको मावि पुग्न नै साँढे तीन घण्टा लाग्ने भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ वतासेस्थित भण्डारेघाटका माझी वालवालिका आधारभूत तहवाटै विद्यालय छाड्न वाध्य वनेका हुन् ।

नजिकमा मावि नभएकै कारण आठ कक्षामै पढाई छाड्ने गरेको सोही स्थानमा रहेको पञ्चकौशिका आधारभूत विद्यालयका प्रधानाध्यापक पवनकुमार वस्नेतले वताउनुभयो । २४ घर माझी समुदाय रहेको उक्त स्थानमा हालसम्म सुव्वा माझी, भीम माझी र पदम माझी गरी तीन जनाले मात्र एसएलसी उतीर्ण गरेका छन् । नजिकमा माध्यमिक तहका विद्यालय नभएकै कारण स्थानीय सुजन माझी, सुजन माझी(क), डगेन्द्र माझी, कुशल माझी, विशाल माझी, मनकुमारी माझी लगायतले कक्षा–८ उतीर्ण गरी विद्यालय छाडेका छन् ।

आर्थिक अवस्था कमजोर भएका माझी वालवालिकाले माध्यमिक तहको पढाई पूरा गर्नका लागि डेरा लिएर वस्नुपर्ने अवस्था आएपछि पढाई नै छाड्ने गरेको प्रअ वस्नेतको भनाई छ । सगरमाथा राजमार्गमा पर्ने भण्डारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयको कूल १ सय ९७ विद्यार्थीमध्ये ६७ विद्यार्थी माझी समुदायका रहेका छन् । नजिकमा मावि नहुँदा माझी समुदाय मात्र नभाई सुनकोसी आसपासका अन्य जातजातिका विद्यार्थी समेत पढाई छाड्न वाध्य छन् ।

वि.सं. २०४८ सालमा स्थापना भएको उक्त विद्यालयलाई यसै शैक्षिक सत्रवाट स्तरोन्नती गरी कम्तीमा १० कक्षासम्मको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले वताउनुभयो । वालवालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपाकिलाले पहल गर्ने अध्यक्ष राईको भनाई छ ।