खोटाङ, माघ–२८, खोटाङका प्रभावशाली विद्यार्थी नेता स्व. मिलन राईको स्मारिका विमोचन गरिएको छ । २०७३ साल माघ २५ गते भक्तपुरमा भएको मोटरसाईकल दुर्घटनाका कारण ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका बिद्यार्थी नेता राईको स्मृतिमा आईतबार ‘सम्झनामा मिलन राई’ नामक स्मारिक बिमोचन गरिएको हो ।
राष्ट्रिय कर्मचारी संगठनको सभाहल काठ्माण्डौंमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, पुर्वसभाषद पिके राई लगायतले स्मारिका बिमोचन गरेका हुन् । मिलन राई स्मृति प्रतिष्ठानले मृतक राईको स्मृति दिवसको अवशर पारेर स्मारिका प्रकाशन गरेको हो । सानो उमेरमै पार्टीभित्र कुशल संगठक, जुझारु र ईमान्दार व्यक्तीको परिचय बनाएका राईको स्मृतिमा स्मारिका प्रकाशन गरिएको मिलन राई स्मृति प्रतिष्ठानका अध्यक्ष पदम थुलुङले बताए । तत्कालिन अनेरास्वबियुका केन्द्रीय सदस्य एबं अनेरास्वबियुको खोटाङ र सोलुखूम्बु ईन्चार्जकोकारुपमा कार्यरत राईको सडक दुर्घटनामा परेको तीन दिनपछि ट्रमा सेन्टरमा उपचारकाक्रममा २०७३ साल माघ २७ गते मृत्यु भएको थियो ।
सांगठनिक कामको सिलसिलामा राजधानी काठ्माण्डौंबाट दिक्तेल आउनेक्रममा उनी मोटरबाईक दुर्घटनामा परेका थिए । भक्तपुरमा सडकको डिभाईडरमा बाईकसँगै ठोक्किएर गम्भीर घाईते भएपछि उनलाई ट्रमा सेन्टर पु¥याइएको थियो । बिहान ४ बजेपछि हिँडेको केही समयपछि नै उनी दुर्घटनामा परेका थिए ।
छोटो समयमा नै लोकप्रियता कमाउन सफल बिद्यार्थी नेता राईको बिकास सम्बन्धी सपना र योजनालाई पूरा गर्ने लक्ष्यका साथ उनकै दाई पदम थुलुङको अध्यक्षतामा ९ सदस्यीय प्रतिष्ठान स्थापना गरिएको हो । राईको स्मृतिमा उनकै समाधिस्थलमा् ‘मिलन राई स्मृतिपार्क’ निर्माणधन अवस्थामा रहेको छ ।