खोटाङ, मंसिर–१६, किरात राई पत्रकार संघ सुनसरीमा केही समय यता विवाद तथा द्विविधा पाईए पनि अन्तत : विशाल राई नै आधिकारिक अध्यक्ष भएको स्पष्ट पारिएको छ । उक्त संघको गत मंसिर–१६ गते वसेको वैठकवाट केही अन्यौलता देखिए पनि चरणवद्द छलफल तथा भेटघाट गर्दा विशाल नै आधिकारिक जिल्ला अध्यक्ष स्पष्ट भएको केन्द्रीय अध्यक्ष भीम राईले जनाउनुभएको छ ।
किरात राई पत्रकार संघ सुनसरीमा दुई कार्य समिति क्रियाशील रहेको भन्ने विषयलाई परिस्थिती र अवस्थाको सवै कोणवाट गम्भिरतापूर्वक अध्ययन तथा विश्लेशण गर्दा विशाल नै अध्यक्ष मान्य गरिएको केन्द्रीय अध्यक्ष राईले स्पष्ट पानुभएको छ ।
केन्द्रीय अध्यक्ष राईले आईतवार विज्ञप्ती जारी गर्दै लेख्नुभएको छ– ‘यसअघिवाट संस्थागत वैधानिक विधी अनुसार नै क्रियाशील रहँदै आएको र संघको हालै सम्पन्न चौथो अधिवेशनमा समेत संस्थागत प्रतिनिधित्व गरिसकेको विशाल राई नेतृत्वको कार्य समिति नै आधिकारिक भएको स्पष्ट गर्न गराउन चाहान्छौं ।’
केन्द्रीय अध्यक्ष राईको विज्ञप्तीमा सुनसरीमा उत्पन्न समस्याको वारेमा जिल्ला अध्यक्ष विशाल र सचिव सुम्निमाले हस्ताक्षर गरेको आधिकारिक पत्र केन्द्रमा पठाए पनि अन्य कुनै पक्षले सो वारेमा जानकारी नगराएको समेत उल्लेख छ ।
सुनसरी जिल्ला अधिवेशन ताका विवाद हुँदा प्रविण राई नेृतृत्वको अर्को कार्य समिति पनि गठन गरिएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here