
खोटाङ १४ माघ । लाटोकोसेरो तथा हुचील ‘किसानको साथी’ साथी भनेर चिनिन्छ । यसैको महत्व बुझाउन र संरक्षण्का लागि खोटाङमा पहिलो पटक अन्तराष्ट्रिय उत्सव आयोजना हुन लागेको छ ।
लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौ भन्ने नाराका साथ दुई दिन खोटाङको जालपामा उत्सव हुने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपा र प्रकृतिका साथीहरुको आयोजनामा आगामी माघ १८ र १९ गते जालपामा उत्सव हुन लागेको हो ।
उत्सवको मुख्य उद्देश्य ‘किसानको साथी’ का रुपमा रहेको लाटोकोसेरो तथा हुचील संरक्षण तथा यसका महत्वका बारेमा अरुलाई बुझाउने रहेको आयोजकले जनाएको छ ।
आयोजकले उत्सवमा लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी तथा चरा अवलोकन, लाटोकोसेरोको महत्व दर्शाउने स्लाईड तथा भिडियो प्रदर्शनी, लाटोकोसेरो तथा हुचिल उत्सवको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिाकाद्धारा महोत्सव स्तम्भ निर्माणको शिल्यान्यस लगायतका कार्यक्रम रहने जनाएको छ ।
लाटोकोसेरो तथा हुचील उत्सव २०७५ का बाँकी मुख्य आकार्षणहरु यस्ता रहेका छन्ः
१, लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी तथा चरा अवलोकन,
२, लाटोकोसेरोको महत्व दर्शाउने स्लाईड तथा भिडियो प्रदर्शनी
३, वन बिज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच
४, प्रकृतिको फोटो खिच्ने प्रशिक्षण
५, घिर गाडे, झुलो चकमक र लाथ्रो काटनेलगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी एबं प्रतियोगीता
६, गहुँको छवाली, चुरा तथा माटोबाट बनाइएका लाटोकोसेरा समेत प्रदर्शनीकासाथै आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने व्यवस्था
७, लाटोकोसेरो तथा हुचिल उत्सवको सम्झनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिाकाद्धारा महोत्सव स्तम्भ निर्माणको शिल्यान्यस
८, प्राकृति तथा बन्यजन्तु संरक्षणकर्मीहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रम
९, स्थानिय उत्पादनका साथै बिभिन्न परिकारहरुको स्टल
१०, राईको साकेला, मारुनी, तामाङको डम्फु र सेलो, शेर्पाको सेब्रु, हिन्दु महिलाको संगीनी नाच, गूरुङको सालैज्यू, बालन, सडक नाटक, हाक्पारे गीत, मुर्चुङ्गा, पीपीरी, बाँसुरीलगायतका स्थानीय बाजा प्रदर्शनी ।