
जिल्ला स्तरीय अडिसनमा गीत प्रस्तुत गर्दे खोटेहाङ गाउँपालिकाका विकास राई
खोटाङ माघ–१०, खोटाङमा एक महिना अघिदेखि जारी रहेको गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को जिल्ला स्तरीय अडिसनवाट ७४ जना प्रतिभा छनौट भएको छ । दुई नगर तथा आठ गाउँपालिकाका ११ स्थानमा गरिएको अडिसनवाट छनौट भएको प्रतिभामध्येवाट जिल्ला स्तरको दोश्रो अडिसनका लागि विहिवार ७४ जना प्रतिभा छनौट भएको हो ।
जिल्लाको हरेक स्थानीय तह र दिक्तेल रुपाकोट मझुवागढी–१४ को बुइपामा स्थानीय स्तरको अडिसन सम्पन्न गरिएको थियो । स्थानीय तहमा गरिएको अडिसनवाट जिल्ला स्तरको पहिलो अडिसनका लागि छनौट भएको १ सय १८ जना प्रतिभाले वुधवार र विहिवार दिक्तेलवजारको समीक्षालयह हलमा जिल्ला स्तरको दोश्रो चरणको अडिसनका लागि प्रस्तुति दिएका थिए ।
गीतसंगीत तथा नृत्य क्षेत्रलाई व्यवसायिकता दिन जिल्लामा स्थापित साईनो कला केन्द्र र हलेसी टाईम्स दैनिक पत्रिकाले संयुक्त रुपमा आयोजना गरेको एकल गायन प्रतियोगिता अन्तर्गतको जिल्ला स्तरीय दोश्रो अडिसन समीक्षालय हलमा शुक्रवारवाट नै सञ्चालन गरिने आयोजकले जनाएको छ । जिल्ला स्तरमा हुने दोश्रो र तेश्रो चरणको अडिसनवाट उत्कृष्ट २० छनौट गरी भोटिङ सिष्टम समेत लागु गर्ने वताईएको छ ।
जिल्ला स्तरीय अडिसनका लागि संगीत प्रशिक्षक समेत रहनुभएका गायक तथा संगीतका मण्डल साम्पाङ र गायक तथा संगीतकार पृथी जिम्बा निर्णायकमा रहनुभएको थियो ।
प्रतियोगिताको अडिसन गत पुस ९ गतेदेखी शुरु गरिएको थियो । प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँका साथमा ट्रफि, प्रमाणपत्र तथा गीत रेकर्डिङ र एक वर्ष निशुल्क संगीत कक्षाका अवसर प्राप्त गर्नेछन् । यस्तै, द्वितीयले नगद ३० हजार रुपैंयाँको साथमा ट्रफि, प्रमाणपत्र र एक वर्ष निशुल्क संगीत कक्षा लिन पाउनेछन् । तृतीयको लागि १५ हजार रुपैंयाँ नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिएको संयोजक प्रमोद श्रेष्ठले वताउनुभयो ।