किरियापुत्री बसेकी सांसद उषाकलाद्वारा आमाको नाममा अक्षयकोष

खोटाङ माघ–७, आमाको निधनपछि कपाल मुण्डन गरेर किरियापुत्री बस्नुभएकी प्रदेशसभा सदस्य उषाकला राईले आफ्नी आमाको नाममा १० लाख रुपैंयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । ७५ वर्षको उमेरमा आमा लक्ष्मी राईको गत पुस २५ गते निधन भएपछि कपाल खौरिएर किरियापुत्री वस्नुभएकी प्रदेशसभा सदस्य राईले शिक्षाका क्षेत्रमा उपयोग गर्नेगरी अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।
मृतक आमाको १३ औं पुण्यतिथिको अवशरमा सोमबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा आमा लक्ष्मीको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरीब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतीका लागि सहयोग गर्ने वताईएको छ । काठमाण्डौंमा ५ दिन काजकिरियामा बस्नुभएकी उषाकलाले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर ७ दिन किरियामा बसेर आमाको काजकिरिया पूरा गर्नुभएको हो । ग्राण्डी अस्पतालमा उपचारका क्रममा आमा लक्ष्मीको निधन भएपछि उषाकला कपाल मुण्डन गरेर १३ दिनका लागि आमाको काजकिरियामा बस्नुभएको हो । आगामी माघ १५ गते वैद्धिक परम्परा अनुशार काठ्माण्डौंमा पूजा तथा ४५ औं पुण्यतिथिमा काठ्माण्डौंमै श्रद्धाञ्जलीसभा गरिने पारिवारिक श्रोतले बताएको छ ।
२००१ साल कात्तिक ७ गते जन्मिएकी लक्ष्मी काठ्माण्डौंमा छोरी उषाकला र र ज्वाई शेरबहादुर तामाङ (पुर्व कानूनमन्त्री)सँग बस्दै आउनुभएको थियो । दाजुभाई नभएकी उषाकला छोराले मात्र किरियापुत्री बस्ने प्रचलनका बिरुद्ध आफै किरियापुत्री बस्नुभएको थियो । सासुको किरियाका लागि ज्वाँई शेरबहादुर पनि खाल्लेमै आउनुभएको छ