काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष दुई लाख ३० हजार नयाँ रोजगारीको सिर्जना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चाल आवको असार मसान्तसम्म दुई लाख ३० हजार रोजगारीको सिर्जना हुने प्रक्षेपण गरेको हो ।

मन्त्रालयले सहसचिव प्रकाश दाहालले दुई लाख ३० हजार जनाले असार मसान्तसम्म परियोजना र विकास निर्माणमा काम पाउनेछन् । मजदुरले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी वार्षिक करिब ५२ हजार रुपैयाँँ आम्दानी गर्न सक्नेछन् । सरकारले सार्वजनिक खर्चमा हुने कुल बजेटको २० प्रतिशत श्रममा खर्च गर्न लागेको हो ।

मेसिनमा ८० प्रतिशत श्रममा खर्च २० प्रतिशत खर्च गरी स्थानीय तहमै व्यापक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको छ । कम्तीमा सय दिन रोजगारी दिने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।