खोटाङ  मंसिर–१७, जिल्लाब्यापी गायन प्रतियोगिता खोटाङ आईडलको पहिलो उपाधी चुम्न सफल तेजकुमार राईको आवाजमा पहिलो पटक गीत रेकर्ड भएको छ । गत चैत्र–३ गते सम्पन्न प्रतियोगितावाट प्रथम खोटाङ आईडलको उपाधी कव्जा गर्न सफल राईको आवाजमा आईतवार ‘सम्वोधन तिमीलाई कसरी गरुँ’ वोलको गीत रेकर्ड भएको हो । गायनमा अव्वल राईको आवाजमा सजिएको पहिलो गीतलाई गायक तथा संगीतकार पदम थुलुङ राईको सम्पुर्ण व्यवस्थापनमा पहिलो पटक रेकर्ड गराईएको हो । उक्त गीतमा शव्द रामधन वेदना, संगीत हेत्छाकुप्पा तथा एरेजमेण्ट पदम थुलुङ राईको रहेको छ ।

ललितपुरस्थित ओपेरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको ‘लिपसिङ भिडियो’ केही दिनमै ओपेरा डिजिटल ईन्टरटेण्डमेण्ड च्यानलमार्फत सार्वजानिक हुने जनाईएको छ । रेकर्डिङ तथा भिडियोका प्रायोजन संगीतकार समेत रहनुभएको सोही रेकर्डिङ स्टुडियोका सञ्चालक मनी ताम्लिङले गरिदिनुभएको छ । यस्तै, शव्द, संगीत तथा एरेजमेण्ट पनि निःशुल्क रुपमा गरिदिएको वताईएको छ ।

१७ वर्षिय गायक राईको गायन सम्भावना देखेर गीत रेकर्ड गराउन उत्साहित वनेको गायक तथा संगीतकार पदम थुलुङले वताउनुभयो । हाल कक्षा–१० मा अध्ययनरत खोटाङस्थित केपिलासगढी गाउँपालिका सप्तेश्वरका तेजको गायन प्रतिभाको कदर गर्दै दिक्तेलवजारस्थित माउण्ट एभरेष्ट ईङलिस वोर्डिङ स्कुलले कक्षा–५ देखि १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाईदिएको छ । उक्त विद्यालयले आफ्नो गायन प्रतिभा प्रस्फुटन, निख्खारपन तथा प्रगतिको लागि अन्य सहयोग समेत गर्दै आएको तेज वताउनुहुन्छ । २०५८ सालमा खोटाङ महासमाजले आयोजना गरेको गायन प्रतियोगिता प्रथम खोटाङ तारामा सहभागी तेजकुमारको प्रतिभा देखेर विद्यालयले निःशुल्क अध्ययनको अवसरको व्यवस्था मिलाईदिएको थियो । उसो त राईले अन्य विभिन्न गायन प्रतियोगितामा समेत आफुलाई अव्वल सावित गरिसकेका छन् ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरेको गायन प्रतियोगिता खोटाङ आईडलमा जिल्लाभरका करिव ७ सय प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधी हात पारेका थिए ।  ५ महिनासम्म भएको विभिन्न स्थानका अडिसन तथा विभिन्न चरण र विधाका गीतहरुवाट निर्णायकको निर्णय र श्रोता, दर्शकको भोटवाट उपाधीको छिनोफानो गरिएको थियो ।
राईले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ लगायतका अवसरहरु पाएका थिए । उक्त अवसरमध्ये गीत रेकर्डको अवसर भने आयोजकले दिलाउन सकेको छैन ।

सम्वन्धित केही तस्विरहरु :