काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्याका मूख्य अभियुक्त पत्ता लगाउने मूख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको आशंका गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो । प्रतिवेदनले उक्त प्रयोगशालाबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।

पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिक विशेषज्ञ हरिहर वस्ती, डीएनए विज्ञ दिनेश झा, पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठक सम्मिलित टोलीले प्रतिवेदन तयार पारेको हो । निर्मलाको भेजाइनल ( यौनीभित्र हुने ¥यालजस्तो तत्व) बाट लिइएको परीक्षणमा त्रुटि हुन सक्ने निष्कर्ष निकालेको समाचार कान्तिपुर दैनिकले लेखेको छ ।