कर्मचारी समायोजनः १० हजारले भरेनन् फाराम

काठमाडौं । सरकारले कर्मचारी समायोजनका लागि फाराम भर्न दिएको समयसीमा सकिँदा करिब १० हजार कर्मचारीले फाराम नभरेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राति १२ बजेसम्म दिएको समयसीमाभित्र ७५ हजार ३ सय ७६ कर्मचारीले मात्र समायोजनका लागि फाराम भरेका छन् । अन्य सेवाका १ हजार ६ सय ६७ कर्मचारीले पनि आवेदन पेश गरेपछि फाराम भर्नेको जम्मा संख्या ७७ हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम नभर्ने कर्मचारीको हकमा निजामति किताबखानाको रेकर्ड हेरी आफैले खटाउने तयारी गरेको जनाइएको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।