काठमाडौं १२ चैत
प्रस्तावित दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन गरी केन्द्र (सदरमुकाम) र वडा विभाजनको माग गर्दै त्यहाँका स्थानीय मन्त्रालयम पुगेका छन् ।
प्रस्तावित नाम र संरचनाका विषयमा असन्तुष्ट त्यहाँका स्थानीयले चुईचुम्मा दिप्रुङ गाउपालिका संघर्ष समिति गठन गरेर मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
संघर्ष समितिले दिप्रुङ गाउँपालिकको नाम चुइचुम्मा दिप्रुङ नामाकरण गरिनुपर्ने, साविक डाँडागाउँ गाविसको भवन तथा अन्य संरचना मार्फत कार्य सम्पादन गर्ने गरी तत्काललाई अस्थाई गाउँपालीकाको सदरमुकाम कायम गरिनुपर्ने, हालको वडा नं ७ टेम्मालाई (साविक वडा नं १,२,४,७ र ८ लाई एउटा वडा र वडा नं ३, ५, ६ र ९ लाई अर्को वडा बनाई) गाउँपालीकाको कार्यसम्पादन गरिनुपर्ने माग गरेको छ ।
हेर्नुहोस् संघर्ष समितिले मन्त्रालयमा बुझाएको माग पत्रको पूर्ण विवरण
चुईचुम्मा दिप्रुङ गाउपालिका संघर्ष समिति खोटाङको ज्ञापन पत्र
मिति: २०७३/१२/८
श्री माननीय उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री ज्यू,
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,
सिंहदरवार, काठमाणडौ ।
ज्ञापन पत्र
विषय : प्रस्थावित दिप्रुङ गाउँपालिकाको नामाकरण परिवर्तन गरी केन्द्र (सदरमुकाम) र वडा विभाजन सहित उचित सम्बोधन गरी दिने सम्बन्धमा ।
माननीय उपप्रधान तथा संघिय मामिला तथा स्थानिय विकासमन्त्री ज्यू,
राज्य पुनर्सरचनाको मुल भावना भनेको तमाम नेपाली जनताहरुलाई आ–आफनो गाउँ, टोल,वस्तीको विकास सहित राज्यको शासनधिकारमा अधिकतम रुपमा सहभागी गराई जनताको घरदैलोमा सहज र सुलभ विधिद्वारा राज्यको सेवा, सुविधा उपलब्ध गराउनु हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सदृढिकरण गर्नका निम्ति नेपाली आधुनिक इतिहासमा पछिल्लो पटक भएको ऐतिहासिक राज्यपुनर्सरचनाको कार्य सम्पन्न हुनेक्रममा छ । यसै मेसोमा कतिपय स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समिति, नेपाल सरकारवाट निर्माण भएको कार्यशर्त,मापदण्ड र प्रावधान विपरीत गाउँ पालिकाको नाम र केन्द्र प्रस्ताव गर्ने तथा नमिल्दो तरिकाले वडा विभाजन गर्ने कार्य भएको कुरा हामीले अनुभूत गरेको व्याहोरा अनुरोध गर्दछौ ।
हाम्रो बुझाइमा राज्य र जिल्लाको पुनर्सरचना भन्ने विषय कुनै ख्यालठट्टा र खेलाँचीको बस्तु होइन । दिर्घकालिन रुपमा सोच्नुपर्ने विषय थियो, तर आयोगले हाम्रो अनुरोधलाई स्वीकार गर्न सकेन । खोटाङ जिल्लालाई पुनर्सरचना गरेर आफुलाई तोकिएको काम सम्पादन गर्ने सिलसिलामा गाउँपालिकाको नामाकरण, केन्द्र प्रस्तावित र वडा विभाजन गर्दा नेपाल सरकारबाट आयोगलाई दिएको कार्यशर्त, मापदण्डमा भएको ब्यवस्था बमोजिम गाउँपालिकाको नामाकरण ऐतिहासिक स्थल वा पहिचानको निरन्तरता आदि आधारहरुलाई ख्यालै गरिएन र गाउँपालिका रहेका ७ गा.वि.स. मध्ये “३ गा.वि.स.का जनता” याम्खा, टेम्मा र डाँडागाउँका जनतालाई छलफलमा सहभागी नगराई कपट र हचुवाका भरमा केही व्यक्तीे र राजनैतिक दलका अविवेकी स्थानिय नेताको पहँच भित्र रही गाउँपालिकाको नामाकरण गरिएको, स्मरण गराउन चाहन्छौं । सबै वडाको केन्द्र विचमा हुने गरि गाउँपालिका केन्द्र प्रस्ताव गर्ने काम नगरी एकाङ्की रुपमा प्रस्तावित गरिएको र वडा विभाजन गर्दा ६००० भन्दा बढी जनसंख्या तथा भौगोलिक रुपमाा ठूलो भूगोल ओगटेको साविक टेम्मा गाविसलाई पनि एउटा मात्र वडा बनाएर जनतालाई दुःख दिने नियतले प्रस्थाव भएकोले माननीय उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रीज्यूवाट तपशिलमा उल्लेखित बुँदालाई सम्बोधन हुने गरी सच्याई पाउन सादर अनुरोध गर्दछौ ।
हाम्रा मागहरु
१. साविक चुइचुम्मा भन्ने स्थान– राणाकालमा थुम गठनहुँदा साविक डाँडागाउँ, याम्खा र टेम्मा गाविस एउटै थुम भित्र रहेको र एउटै प्राकृतिक स्रोत, साधन उपयोग÷उपभोग गरी रहेको भुगोल हो । जसलाई हालसम्मपनि स्थानीय बस्तीहरुमा बोलीचालीमा वा लिखत गर्दा चुइचुम्मा लेखिने काम निरन्तर रहेकोले गाउँपालिकको नाम चुइचुम्मा¬ दिपु्रङ नामाकरण गर्दा उपयुक्त हुने स्थानीय जनताको ठहर छ । यसो गर्दा आयोगको मापदण्ड, स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिको मापदण्ड र कार्यशर्त बमोजिम ऐतिहासिक स्थल वा पहिचानको निरन्तरता दिन सकिने भएकोले दिपु्रङ गाउँपालिकको नाम चुइचुम्मा दिपु्रङ नामाकरण गरी पाउनको लागि सादर अनुरोध गर्दछौ ।
२. दिप्रुङ गाउँपालिकाको लागि प्रस्ताव गरिएको केन्द्र साविक सप्तेश्वर छितापोखरी गाविस कार्यालय रहेको स्थानमा हाल तत्काल गाउँपालिकाको दैनिक कामकाज गर्ने कार्यालय भवन तथा भौतिक पूर्वाधार नभएको, भविश्यमा सरकारी भौतिक पूर्वाधार निर्माण गरी बढाउने ठाउँ नभएको, बजारी करण तथा शहरीकरण गर्ने जग्गा नभएको, सो ठाउँ भुस्खलन हुने सम्भावना समेत रहेकाले आगामी बैशाक ३१ गतेका लागी नेपाल सरकारले घोषणा गरीएको स्थानिय निर्वाचन संचालन तथा कार्य सम्पादन गर्न समेत अत्यन्तै कष्टकर हुने हुनाले साविक डाँडागाउँ गाविसको भवन तथा अन्य संरचना मार्फत कार्य सम्पादन गर्ने गरी तत्काललाई अस्थाई गाउँपालीकाको सदरमुकाम कायम गरी कार्य सम्पादन गर्न जोडदार माग गर्दछौं साथै गाउँपालिकाको कार्यालय संचालन गर्न पर्याप्त भवनहरु भएको, इलाका स्वास्थ्य चौकी (१५ वेड क्षमता) भएको, २००६ सालमा स्थापना भई हाल स्नातक तहसम्म अध्यापन गर्ने क्याम्पस भएको, सडक विजुली वत्ती सुविधा रहेको भविश्यमा शहरीकरण गर्न आवश्यक सरकारी, सार्वजनिक तथा खुल्ला क्षेत्र, जग्गा प्रशस्त भएको, जल, जमिन र जंगलको समुचित समायोजन भएको,
३. विवादित दिप्रुङ गाउँपालिका उद्घाटन गर्न जिल्ला सदरमुकाम दिक्तेलबाट खटिई गएका नासु धनकुमार श्रेष्ठ समेत भौगोलिक संरचना र वातावरणीय अवस्थाका कारण बस्न नसकेर आपनो तालुक अड्डाका प्रमुखलाई लिखित जानकारी गराएर सदरमुकाम दिक्तेल फर्कीसकेको अवस्था निवेदन गर्दछौं र डाँडागाउँमा पालिका सदरमुकाम राखेर गाउँ पालिका सदरमुकाम संचालन भएमा स्थानिय जनताले निशूल्क रुपमा जग्गा तथा भौतिक संरचनाहरु प्रदान गर्ने प्रतिवद्धता गरेकाले हामीले माग गरेको साविक डाँडागाउँमा अस्थाई केन्द्र (सदरमुकाम) स्थापना गरी पाउन सादर अनुरोध गर्दछौ ।
४. सदरमुकाम कायम गर्दा केन्द्र शब्दको वर्खिलाप नै हुने गरी अत्यन्तै अपायक र छेउमा छनोट भएकोले भौगोलिक र संरचनागत सेवासुविधाको कारणले तत्काल सरकारलाई लाभ हुने देखिएकाले डाँडागाउँमा नै केन्द्र उपयुक्त हुने भएकोले उक्त स्थानमा प्रस्तावित गाउँपालिकाको केन्द्र राखी काम कारवाही अगाडि बढाउन अनुरोध गर्दछौं ।
५. हाल दिप्रुङ गाउँपालिकको वडा नं ७ वनेको साविक टेम्मा गाविसको जनसंख्या लगभग ६००० (छ हजार) भन्दा बढि हुंदाहुदै पनि अत्यन्तै निक्रिष्ट तवरबाट एउटै मात्र वडा कायम गरेकाले यसो गर्दा तल्लो भेगको जनताहरुलाई राज्यको सेवा सुविधा लिन गाह्रो पर्ने भएकोले हालको वडा नं ७ टेम्मालाई (साविक वडा नं १,२,४,७ र ८ लाई एउटा वडा र वडा नं ३,५,६ र ९ लाई अर्को वडा वनाई) गाउँपालीकाको कार्यसम्पादन गर्न हाद्र्धिकता पुर्वक अनुरोध गर्दछौ ।
६. हाल प्रस्थावित गाउँपालिका सदरमुकाम रहेको स्थान र साविक गाविसहरुका जनताले समेत डाँडागाउँ गाविसबाट उपलब्ध सेवा सुविधा लिई रहेको निवेदन गर्दछौं ।
अन्त्यमा, केन्द्र निर्धारण र छनोटको सवालमा स्थानिय प्राविधिक समिती जनताको जनभावना र मनोभावनाबाट चुकेको र अन्याय पुर्वक एक क्षेत्रको अस्तित्व नै नामेट हुने गरेर उपेक्षा गरी नामाकरण र क्षेत्राकंन गरेकाले उक्त त्रुटी तत्काल सच्चाई जनभावना कदर गर्न सम्बन्धीत सबै सरोकारवालालाई हाद्र्धिक अनुरोध गर्दछौं साथै साशन प्रणालीमा रहेका सरोकारवालाले त्यस भेगका जनताको मौनता र भद्रतालाई कमजोरी ठानी कुनै पक्ष अगाडी वढेमा यो संघर्ष समिती समानन्तर गाउँपालिका संचालन गरी जनभावनाको कदर गदैै अगाडी बढ्न बाध्य हुने जानकारी गराउँदछौं । त्यसैले समयको वेगसँगै निस्कने आँधीहुरी र त्यसले ल्याउने कम्पन आउनु भन्दा पहिला भएको त्रुटीलाई सच्चाई जनभावना अनुरुप कार्य सम्पादन गर्न विनम्रता पुर्वक हामी सवै सरोकार पक्षसँग हार्दिक आग्रह गर्दछौ अन्यथा, समयको वेगसँगै निस्केको कम्पनले सवै पक्षलाई अन्तरस्करणसम्म अनुभुति दिलाउने छ । सबैलाई चेतना भया ।
धन्यवाद ।
…………………………………
गणेश थापा
संयोजक
चुईचुम्मा दिप्रुङ गाउँपालिका संघर्ष समिती खोटाड