खोटाङ, पुस २८– प्रगतीशिल लेखक संघ नेपाल खोटाङको अध्यक्षमा चित्र सुबेदी चयन भएका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको तेश्रो जिल्ला अधिबेसनबाट सुबेदी प्रगतीशिल लेखक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । १७ सदस्यीय प्रगतीशिल लेखक संघको उपाध्यक्षमा मिनकुमार दाहाल, सचिवमा लोकेन्द्र राई, सह–सचिवमा सिता थुलुङ र कोषाध्यक्षमा क्रान्ती श्रेष्ठ चयन भएका छन् ।
प्रगतीशिल लेखक संघको अधिबेसनको अवशरमा कविता प्रतियोगीता समेत सञ्चालन गरिएको छ । प्रतियोगीतामा सिर्जन अधिकारी प्रथम, अनिश घिमिरे दोश्रो, रिमा राई तेश्रो र मौसम आचार्य शान्त्वना भएका छन् । कविता प्रतियोगीतामा १७ कवि÷कवयित्रीको सहभागीता रहेको थियो । कार्यक्रममा बेदीकुमार राई, एमसी सुमित, ओमप्रकाश घिमिरे, इन्द्र नारथुंगे लगायतले कविता बाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, नेकपा नेता धिरेन बुढाथोकी, मेयर दिपनारायण रिजाल लगायतको उपस्थिति रहेको थियो ।