
काठमाडौं २५ पुस । प्रदेश सांसद उषाकला राईलाई मातृ शोक परेको छ । प्रदेश नम्बर १ की सांसद राईकी आमाको काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
उहाँ केही समय अघिदेखि अस्वस्थ रहँदै आउनु भएको थियो भने विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो ।
उषाकला पूर्व संविधानसभा सदस्य समेत हुन् । उनको जन्म खोटाङको खाल्डेमा भएको हो ।