खोटाङ २३ पुस । साकेला गाउँपालिका मानेभन्ज्याङले कृषि उद्यमशीलता विकास अनुदानका लागि आवेदन खुल्ला गरेको छ । २० दिनको समयवधी राखेर खुल्ला गरिएको आह्वानको सुचना गत पुस ८ गते खुल्ला भएको थियो । अब निवेदन दिने समय समेत अन्तिम अवस्थामा पुग्न लागेको हो ।

‘साकेला गाउँपालिकाको ०७५/०७६ को वार्षिक कृषि कार्यक्रम अन्तर्गत नीजि उद्यमी, फर्म एवम् युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कृषि उद्यमशीलता विकासका लागि ५० प्रतिशत (५० हजार) अनुदान सहयोग कार्यक्रम रहेको हुँदा २० दिन भित्र निवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।’ गत ८ गते प्रकाशित सुचनामा भनिएको छ ।

निवेदनमा गाउँपालिका भित्र स्थायी बसोबास भएको हुनुपर्ने १ लाख बराबरको कार्यक्रमसहितको प्रयोजन पेश गर्नुपर्ने छ ।