
खोटाङ पुष–२३, हङकङलाई कर्मभूमि वनाएर जन्मभूमि खोटाङको हीतमा निरन्तर सक्रिय खोटाङ समाज हङकङले अक्षयकोष स्थापनाका लागि वृहत सांगीतिक कार्यक्रमको तयारी गरेको छ । कुनै न कुनै गतिविधिमार्फत जिल्लाको हीतमा काम गर्ने समाजले यो वर्ष हङकङमा वसोवास गरिरहेका जिल्लावासीको लागि अक्षयकोष स्थापनाका लागि ‘खोटाङ हलेसी साँझ–४’ आयोजना गर्ने टुंगो गरेको हो ।
हङकङमा भएका खोटाङेहरुको दुःखको साथि वनाउने गरी सांगीतक कार्यक्रममार्फत संकलित तथा कोषमा अग्रिम रुपमा जम्मा भएको रकम थपेर अक्षयकोष स्थापना गर्ने योजना वनाईएको समाजका अध्यक्ष टिका कोयु राई(जेठा)ले जानकारी दिनुभयो । अक्षयकोष स्थापनका लागि हङकङकै चर्चित हल, याउमा तेईमा १७ मार्च २०१९ मा संगीतिक कार्यक्रमको तय गरिएको अध्यक्ष राईले जनाउनुभयो ।
समाजको १० औं हाईकिङको अवसरमा आयोजना गरिएको जानकारी सभामा वोल्दै नेपालको चर्चित कलाकारहरु हङकङको स्टेजमा उतार्ने तयारी गरिएको अध्यक्ष राईले सुनाउनुभयो । खोटाङ हलेसी साँझको यो श्रंखलामा एकपछि अर्को आफ्नै रेकर्ड तोडदै तहल्का मच्चाई रहेका गायक राजनराज शिवाकोटि, चर्चित संगीतकार महेश खडका, उदयमान युवा गायक सागर संसार राई लगायतको प्रस्तुति रहने जनाईएको छ । यस्तै, गायिका मिना राई, गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन राई, हास्यकलाकार सिक्किमे गफाडि दिलिप गुरुङ र हङकङको चर्चित डान्स गु्रपको नृत्य रहने जनाकारी गराईएको छ । कार्यक्रमलाई सिलसिला दिन मिसेस हङकङ पबिता पुमा राई र सञ्चारकर्मी रामधन बेदनाले सञ्चालनको जिम्मेवारी निभाउने आयोजकले जानकारी दिएका छन् ।
हङकङमा संस्थागत हाईकिङ शुरु गर्ने जेठो संस्था
हङकङमा क्षेत्रीय सस्थाहरुमा उमेरले मात्रै होईन कामले पनि जेठो हुँदै आएको दावी गर्ने खोटाङ समाजले हङकङको इतिहासमा सस्थागत पहिलो हाईकिङ २००६ बाट नै सुरुवात गर्दै आएको दावी गरेको छ । समाजले शुरु गरेको हाईकिङले हाल हङकङमा वजार लहर लिएको छ । हङकङमा स्थापित बिभिन्न संघसस्थाहरुले नियमित हाईकिङ गर्दै आईरहेका छन् । यो पटकको हाईकिङ मङकि हिलबाट सुरु भएर सिङमुन ड्याममा पुगेर टुंगिएको आयोजकले जनाएको छ । संस्थागत हाईकिङले भावनात्मक एकता तथा सद्भावको विकास गर्दै आएको खोटाङ समाजले हङकङको ठहर छ ।