
खोटाङ १९ पुस । खोटेहाङ गाउँपालिकाको कर्मचारी दरबन्दी सार्वजनिक भएको छ । जस अन्तर्गत पालिकाको कार्यालय र वडासहित गरेर ३७ जना स्वीकृत दरबन्दी र ३४ जना बाँकी दरबन्दी रहेका छन् । २ जना भने अन्य समूहबाट समायोजन हुनेछन् ।
गाउँपालिकाको कार्यालयमा स्वीकृत दरबन्दी १९ जना रहेको छ भने बाँकी दरबन्दी १८ जना रहेको छ ।
यसैगरी, वडा कार्यालयतर्फ स्वीकृत दरबन्दीमा १८ जना र बाँकी दरबन्दीमा १६ रहेका छन् । वडामा २ जना अन्य समूहबाट समायोजन हुने जनाइएको छ ।