
काठमाडौं १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुमार आचार्य अकस्मात् बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।
तत्कालिन नेकपा एमालेका जिल्ला उपसचिव समेत रहेका आचार्यलाई उच्च रक्तचाप भएपछि हेलिबाट मंगलबार काठमाडौं ल्याइएको हो । उनको हाल काठमाडौंका सिभिल हस्पिटलमा भर्ना गरेर उपचार भईरहेको छ ।
नेता आचार्य अस्वस्थ भएपछि उनको स्वास्थ्य लाभका लागि चौतर्फी रुपमा शुभकामना व्यक्त भएका छन् । उनी जिल्लामा असल नेताका रुपमा चिनिन्छन् ।