खोटाङ पुष–९, खोटाङमा सम्पन्न प्रथम नगारपालिका वडास्तरीय भलिबल प्रतियोगितामा नेर्पाले उपाधी चुमेको छ छ । आयोजनाको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र
सोही नगरपालिकाको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको उपाधी वडा नम्वर ६ नेर्पाले चुमेको हो ।
सक्रिय विकास मञ्च नेपालले नगरपालिकाको दुई नम्वर सोल्माको साकेलाथानमा आयोजना गरेको तीन दिने प्रतियोगिताको सोमवार सम्पन्न खेलमा आयोजक वडा सोल्मालाई हराउँदै नेर्पा विजयी भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडास्तरीय खेलको सेमीफाइनलिष्ट वडा नं ७ दोर्पा र वडा नं ८ दोर्पा बुवालुङ भएका छन् । प्रथम समुहलाई ५५ हजार पाँच सय ५५, दोश्रो हुनेले ३३ हजार तीन सय ३३ र सेमीफाइनलिष्टलाई १५ हजार १५ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको वडा नं २ सोल्माका वडा अध्यक्ष हर्कबहादुर खत्रीले बताउनुभयो । खेलको उत्कृष्ट खेलाडी वडा नं ७ दोर्पाका सचिन राई, उत्कृष्ट स्पाइकर नेर्पाका युवराज राई (मुना), उत्कृष्ट टिम कोच नेर्पाका सुकदेव राई घोषित भएका छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्काइकर र टिमकोचलाई तीन–तीन हजार नगद, ट्रफी र प्रमाणपत्र दिइएको छ । खेलमा दश टिम सहभागी भएको आयोजक सुमन राईले बताउनुभयो ।
फुर्सदिला युवा पुस्तालाई खेलकुदमा संलग्न गराउँदै लागू औषध तथा समाजमा हुने विकृति, विसंगतिबाट जोगाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको सक्रिय विकास मञ्च नेपालका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । संस्थाले नगरपालिकामा खेलकुद पर्यटनको रुपमा विकास गर्ने योजना समेत बनाएका छन् ।
स्थनीयस्तरमा उत्पादन हुने खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लामा भलिबल खेल हराउँदै गएकाले जिल्लामा खेल संस्कारको विकास गर्नमा समेत प्रतियोगिताले सघाउ पुगोस भन्ने आयोजकको ध्यये रहेको छ ।