खोटाङ २२ चैत्र । जोखिम व्यवस्थापन गर्ने क्षमता विकासका लागि खोटाङका १३ वडा (गाविस) का स्थानियलाई जोखिम तथा क्षमता बिश्लेषण तालिम दिइएको छ । आफ्नो क्षेत्रमा आइपर्ने प्राकृति तथा दैबी जोखिमलाई व्यवस्थापन एबं न्यूनीकरण गर्ने क्षमता र दक्षता बिकासका लागि १३ वडाका बिपद व्यवस्थापन समितिमा आवद्ध तथा स्थानीय श्रोत व्यक्तीलाई तालिम दिइएको हो ।
समुदाय आफैलाई जोखिमको सामना गर्ने क्षमता अभिबृद्धिका लागि सबल परियोजनाले जोखिम तथा क्षमता बिश्लेषण सम्बन्धी तीन दिने तालिम दिएको हो । २३ जना सहभागीलाई औजारका बिषयमा जानकारी दिँदै जोखिम तथा जलवायु परिवर्तन अनूकुलन सम्बन्धी योजना बनाउने सीप सिकाइएको सबल परियोजना बिपद व्यवस्थापन तथा जलवायु परिवर्तन अफिसर रामप्रताप सिंले बताउनुभयो ।
होटल थ्रिब्रर्शमा आईतबारदेखि मंगलबारसम्म सञ्चालन भएको तालिममा डिकुवा, धितुङ, बासपानी, फेदी, सुंदेल, फाक्टाङ, पौवासेरा, देबिस्थान, चिसापानी, बोपुङ लगायतका गाबिसका स्थानीयको सहभागीता रहेको थियो ।