
खोटाङ, मंसिर २९– जन्ती जाँदा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत फेला परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत फेला परेका हुन् । मंसिर २६ गते बिहानदेखि सम्पर्क बिहिन भएपछि खोजीकाक्रममा राईको शव शनिबार दुम्लीकै च्याङ्सी खोलामा फेला परेको हो । तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राईको शव सडकभन्दा ५० मिटर माथि खोल्सीमा फेला परेको स्थानीय एबं नगर कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले जानकारी दिनुभयो । रातका समयमा राँको बालेर हिँड्नेक्रममा राईको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । मंसिर २५ गते राती २ बजे सुतेका राई भोलीपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजीको काम तिब्र पारिएको थियो ।