खोटाङ, चैत्र २६ । खोटाङमा जारी अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीतामा नेपाली सेनाको शेरगण मुढे व्यारेक दिक्तेल र बुईपा एलाभेन स्पोर्टस् क्लव बुईपा फाईनलमा पुगेको छ ।

शनिबार दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको खेलमा खोटेहाङ गाउँपालिकालाई ० का बिरुद्ध १ गोल गर्दै शेरगणले फाईनल यात्रा तय गरेको हो । यस्तै, निर्माण व्यवसायी संघलाई ० का बिरुद्ध ३ गोल गर्दै बुईपा एलाभेन स्पोर्टस् क्लव फाईनलमा पुगेको हो । जिल्लाको सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा आमने सामने बनेका नेपाली सेना र बुईपा एलाभेन स्पोर्टस् क्लवबीच आईतबार दिउँसो प्रथम र दोश्रो स्थानका लागि प्रतिष्पर्धा हुने प्रतियोगीताका संयोजक सागर जोशीले बताए ।

प्रतियोगीतामा हारसँगै खोटेहाङ गाउँपालिका र निर्माण व्यवसायी संघ सेमीफाइनलिष्टमा खुम्चिएका छन् । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि प्रतियोगीता सुरु गरिएको हो ।

आईतबार समापन हुने प्रतियोगीताका बिजेताले नगद १ लाख ११ हजार १११, उपबिजेता टिमले नगद ५५ हजार ५५५ र दुई सेमीफाईनलिस्टले २१ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगीतामा जिल्लाका १८ टिमले प्रतिष्पर्धा गरेका थिए ।