खोटाङ मंसिर–२८, खोटाङ आवत–जावत गर्ने वस तथा जीपका चालक तथा सहचालकहरुलाई प्रशिक्षणका पोशाक उपलव्ध गराईएको छ । खोटाङ यातायात प्रा.लि.ले आफ्नो संस्थामा आवद्ध सवारी साधनका चालक र सह–चालकलाई प्रशिक्षण दिनका साथै पोशाक उपलब्ध गराएको हो ।
यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर शुक्रबार चालक र सह–चालकलाई पोशाक उपलब्ध गराएको हो ।
यात्रु तथा ट्राफिक प्रहरीलाई सवारी चालक र सह–चालकलाई सहज रुपमा चिन्न सक्नुका साथै उनीहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार बनाउन पोशाक उपलब्ध गराइएको यातायात प्रा.लि.का अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले जानकारी दिनुभयो । कतिपय दुर्घटना सह–चालकले सवारी चलाउँदा दुर्घटना भएको पाइएकोले त्यस्ता दुर्घटना न्युनिकरण गर्न पोशाक दिईको हो । यात्रुले सहज रुपमा चालक र सह–चालकलाई चिन्न सकोस भनेर पोशाक उपलब्ध गराइएको वताईएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो । जिल्लामा हुने सघारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी धनी, चालक र सह–चालकलाई सहभागी गराएर ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा खोटाङ यातायात प्रा.लि.को आयोजनामा प्रशिक्षण दिइएको यातायात प्रा.लि.का सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले प्रशिक्षण दिनुभएको हो ।