खोटाङ २७ मंसिर ।
‘हलेसी धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सकोस् हार्दिक शुभकामना’ प्रस्तुत शुभकामना नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हो ।
केही दिन अघि पाँचे दिने खोटाङ भ्रमणको सिलसिलामा हलेसी गुफाको अवलोकनपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो शुभकामना दिएका हुन् ।
भट्टराईले खोटाङको हलेसी तुवाचुंगको भ्रमण साँच्चै नै अविस्मरणीय रहेको उल्लेख गरेका छन् । किराँत, हिन्दू र बौद्ध त्रि-धर्मको एउटै केन्द्र र अनुपम गुफा सभ्यताको अवलोकन रोमान्चक रह्यो’ उनले लेखेका छन् । हेरौं उनको हलेसी भ्रमणका केही दृश्यहरु