सांसदलाई वडाअध्यक्षको फोन– ‘आफ्नै घरको आगनमा बसेर फोन गरेको, खुशीको खबर सुनाउन’

2902

खोटाङ २४ मंसिर । सँधै झैं सांसद भट्टराई आफ्नै काममा व्यस्त थिए । त्यसै क्रममा साकेला गाउँपालिका खिदिमाका वडा अध्यक्षको फोनको घन्टी बज्यो उनको मोबाइलमा ।

फोन रिसिभ गर्दै सांसद भट्टराईले वडा अध्यक्षलाई सोधी हाले,– ‘कता हुनुहुन्छ वडाध्यक्ष ज्यू ।’
वडा अध्यक्ष मणिकुमार राईले खुसी मुद्रामा जवाफ फर्काए– ‘आज आफ्नै घरको आगनमा बसेर फोन गरेको, खुशीको खवर सुनाउन। खिदिमाबाट नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेर पहिलो कल तपाईंलाइ नै गर्दैछु, धन्यवाद दिउँ भनेर ।’

हुन पनि खिदिममा टावर नहुँदा त्यहाँका स्थानीयले हैरानी खेप्दै आएका थिए । अब भने खिदिमामा नेपाल टेलिकमको टावर सुचारु भएको छ ।
टावर सुचारुका लागि सांसद भट्टराईका अतिरिक्त गापा अध्यक्ष अर्जुन खड्का (झङ्कार), वडाध्यक्ष मणिकुमार राई, शिक्षक इन्द्र तामाङले लगातार प्रयास गरेका थिए । सांसद भट्टराईले सेवा सुचारुसँगै सबैप्रति धन्यवाद प्रकट समेत गरेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here