
खोटाङ २३ मंसिर । चुल्होबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो चुल्होबाट सल्किएको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका भौलासरी राईको घर जलेर नष्ट भएको हो ।
राईको घर जल्दा करिब ३ लाख बराबरको क्षती भएको वडाध्यक्ष हर्क खत्रीले बताउनुभयो । मध्यपहाडी लोकमार्गको काम गरिरहेको निर्माण कम्पनीको ट्यांकर ल्याएर नजिकै रहेको घरलाई भने आगलागीबाट जोगाइएको छ ।
आगलागीबाट बिस्थापित परिवारलाई तत्काल नगरपालिकाले ३० हजार, वडा कार्यालयले नगद १० हजार र स्थानीयले निर्माण गरेको विपत व्यवस्थापन कोषबाट ५ हजार राहत प्रदान गरिएको छ ।