क्यालेण्डर हेरी लगाईएको उपज, क्यालेण्डर हेरेरै विक्री !

खोटाङ/मंसिर । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्यार्थीहरुले शैक्षिक क्यालेण्डर अनुरुप उत्पादन गरेको कृषि उपज विशेष कार्यक्रमका साथ विक्रि गरिएको छ । वडा शिक्षा समितिले वडाका पाँच विद्यालयमा लागु गरेको शैक्षिक क्यालेण्डर अनुरुप सो विद्यालयका विद्यार्थीले उत्पादन गरेको कृषि उपज क्यालेण्डरकै कार्यक्रम अनुरुप स्वयम विद्यार्थीले शनिवार विक्री गरेको हो ।

उत्पादन तथा व्यवसायमुखी शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गराउन उक्त कार्यक्रम क्यालेण्डरमा समावेश गरिएको वडाध्यक्ष निर्मल राईले वताउनुभयो । क्यालेण्डरको कार्यक्रम अनुसार गएको भदौ–१ गते करेसावारी निर्माण गरी विद्यार्थी आफैले लगाएको ६० प्रकारका कृषि उपज तथा सामाग्री स्वयम विद्यार्थीले वजारमा ल्याईएका थिए । शिक्षा समितिले निर्माण गरेको शैक्षिक क्यालेण्डर कायाँन्वायन गर्नाले वडाको शैक्षिक कार्यक्रम व्यवस्थित हुनका साथै शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार भएको दावी गरिएको छ ।

विद्यार्थीले उत्पादन गरी विक्रीका ल्याईएको सामाग्री पूवै प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले समेत निरीक्षण तथा खरिद गर्नुभएको थियो । विद्यार्थीले उत्पादन गरी किन्न गर्व गर्ने तर उत्पादन गर्न र वेच्न हिच्किचाउने खालको अवस्था अन्त्यका लागि यस्तो कार्यक्रम प्रभावकारी भएको जनाईएको छ ।

विद्यार्थीहरुले आफुले उत्पादन गरेको गोलभेँडा, काउली, वन्दा लगायतको तरकारी तथा फलफूल वजारमा ल्याईएको थियो । वजारमा १० कक्षाभन्दा मुनिका विद्यार्थीले उत्पादन गरेको उपजहरु आकर्षणका केन्द्र वनेका थिए । एक मावि, एक आधाुरभूत र तीन प्राविका विद्यार्थीले शैक्षिक क्यालेण्डर वमोजिम आफुले उत्पादन गरेको कृषि उपज सामाग्री विक्रीका लागि ल्याएका थिए ।
यसैबीच, विद्यार्थीद्वारा कृषि उपज सामाग्री विक्रि कार्यक्रमको क्रममा डाक्टर भट्टराईलाई विद्यार्थीले उत्पादन गरेको गुन्द्रुक, कोदोको पिठो र मकैको च्याँख्ला उपहार दिईएको हो ।
बुधवार र शनिवार नियमित हटिया लाग्ने दिक्तेलवजारस्थित हाटडाँडामा आयोजित विक्री कार्यक्रममा स्थानीय अभिभावकको हातवाट भट्टराईलाई उक्त कृषि उपज प्रदान गरिएको हो । उहाँलाई विद्यार्थी तथा स्थानीयहरुले आफुले उत्पादन गरेको तथा विक्रिको लागि ल्याएको विभिन्न उपजहरु उपहार दिँदै स्वागत गरेका थिए ।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ती पार्टी नेपालको संयोजक समेत रहनुभएको भट्टराईले आफुले पाएको उपहार आफ्नै हातले पकाउने वताउनुभएको छ । उहाँले विद्यार्थीको उत्पादनलाई खरिद गरेर समेत लैजानुभएको छ ।
त्रिधार्मिक स्थल हलेसीको सम्भावना अध्ययन लगायतका विभिन्न पाँच दिने कार्यक्रम तय गरी गत वुधवारदेखि जिल्लामा रहनुभएको भट्टराईले दिक्तेल वजारमा शुभम फाउण्डेसनले सञ्चालन गरिरहेको जीवनपयोगी वैकल्पिक शिक्षाको अध्ययन गर्नुभएको छ । यस्तै, सङ्घीयतालाई दीगो वनाउने सन्दर्भमा स्थानीय तहमा देखिएका समस्याहरुको विषयमा छलफल गर्ने कार्यक्रम समेत लिएर उहाँ जिल्ला आउनुभएको हो ।