खोटाङ साउन–२१, गायन तथा नृत्य प्रतिभाको खोजी गर्ने प्रतियोगिता ‘खोटाङ प्रतिभा २०८०’ को तयारी तीब्र बनाईएको छ । खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सहआयोजनामा सम्पन्न हुने प्रतियोगिताको फाईनल आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने छ ।
खोटाङको दशै स्थानीय तहमा गत बैशाख ५ गते अडिसन राउण्ड मार्फत छनौट भएका प्रतिभाहरुबीच फाईनल प्रतिस्पर्धा गराईने आयोजकको भनाई छ । आयोजकले सबै पालिकाको उत्कृष्ट प्रतिभाहरुबीच अन्तिम प्रतिष्पर्धा गराएर ‘खोटाङ प्रतिभा’ खोजी गर्न लागेको हो । नृत्य विधाको दश जना र गायन विधाको दश जना गरेर हाल काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् ।
खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईका अनुसार सबै उत्कृष्ट पालिका प्रतिभाहरुलाई एक महिना देखि क्या्िरपङ गरेर बन्द प्रशिक्षण चलाईएको हो । जिल्लामा छरिएर रहेको प्रतिभाहरुको सम्मान र गीत संगीतमा भविष्य खोजि रहेकाहरुलाई सम्भावनाको ढोका खुल्ला गर्न कार्यक्रम आयोजना गरिएको हो ।
हाल विभिन्न क्षेत्रका विषय विज्ञहरुबाट प्रशिक्षण दिनका साथै उनिहरुको प्रतिभालाई निख्खरता ल्याउन लागिएको आयोजकले जनाएको छ । दिनको १ बजेबाट हुुने फाईनल प्रतियोगितामा प्रवेश निःशुल्क रहेको आयोजकले उल्लेख गरेको छ ।