खोटाङ साउन–१३,  खोटाङको साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चार दिने महिला नेतृत्व सम्बन्धि तालिम प्रदान गरिएको छ । ‘शी लिड्स–महिला नेतृत्व’ परियोजनाको आयोजनामा स्थानीय तहको महिला जनप्रतिनिधिहरुको लागि चार दिने आवासीय तालिम आयोजना गर्एिको हो ।#

तालिमले महिला जनप्रतिनिधिहरुको राजनैतिक व्यवहार र कार्यशैलीमा परिवर्तन आएको गाउँपालिका अध्यक्ष रबिप्रकास राईले बताउनुभयो । तालिम पश्चात महिला जनप्रतिनिधिको हैंसियतले स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि आफूलाई चाहिने सीप र ज्ञानको वृद्धि भएको अध्यक्ष राईको भनाई छ ।

सबै स्थानीय तहमा प्रारम्भिक प्रशिक्षणको तेश्रो चरणको तालिम सम्पन्न भईसकेपश्चात मध्यावर्ती तालिम प्रदान गर्ने परियोजनाले जनाएको छ । तालिम पश्चात राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्मविश्वास बढ्ने अपेक्षा आयोजकको छ ।।