काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई निलम्बनको निर्णय गरिएको गृह प्रवक्ता शर्माले बताए । खतिवडा असार तेस्रो साता प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ गएका थिए । प्रजिअ निलम्बनमा परेसँगै सहायक प्रजिअ पवित्र शाहले निमित्त प्रजिअको जिम्मेवारी समालेका छन ।