सर्वेक्षण– रुपाकोट मझुवागढीमा दुर्गा जयन्ती पहिलो, एमाले तेस्रो

खोटाङ ३१ जेठ
आगामी १४ असारका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा माओवादी केन्द्रको पहिलो स्थान आउने सामाजिक सञ्जालमा गरिएको एक सर्वेक्षणले देखाएको छ ।
हाम्रो खोटाङ डटकमको आधिकारिक फेसबुक ग्रुपमा ७२ घण्टाको अवधीमा गरिएको एक सर्वेक्षणमा माओवादी केन्द्रकी मेयर उम्मेदवार दुर्गा जयन्ती राई पहिलो स्थान, नेपाली कांग्रेस उम्मेदवार राजनशेर राई दोस्रो, एमालेका दिपनारायण रिजाल तेस्रो स्थानमा देखिएका हुन् ।
सर्वेक्षणको ७२ घण्टामा दुर्गा जयन्तीलाई ५६ मत, राजनशेरलाई ३६ र दिपनारायणलाई २५ मत आएको छ । सर्वेक्षण अनुसार कांग्रेस र एमाले भन्दा रुपाकोट मझुवागढीमा माओवादी केन्द्रको उम्मेवदार बलियो देखिएको छ ।
माओवादी केन्द्रलाई सर्वेक्षणमा बढी मत आउनुमा महिला उम्मेदवार हुनु, लामो समयदेखि जिल्लामा राजनीतिमा क्रियाशिल व्यक्तिलाई उम्मेदवार बनाउनु तथा स्वयम् उम्मेदवार स्वच्छ छवि र इमान्दार व्यक्ति हुनुले पनि मतदाताले रुचाएको पाइएको छ ।
सर्वेक्षणका लागि प्रयोग गरिएको फेसबुक ग्रुपमा १८ हजार बढी सदस्य रहेका छन् भने थोरै मात्र खोटाङ बाहिरका रहेका छन् । यस्तै उक्त सर्वेक्षण (पोल) लाई हाम्रो खोटाङ डटकमको. आधिकारिक फेसबुक पेज र फेसबुक प्रोफाइलमा पनि सेयर गरेर संस्थागत रुपमा जनमत बुझ्न प्रयोग गरिएको थियो ।
सर्वेक्षणमा भोटका साथै आधा सयको संख्यामा कमेन्ट समेत आएको थियो । कमेन्टमा मिश्रित प्रतिक्रिया आएका छन् ।
फेसबुक पोल हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्