खोटाङ असार–२१, खोटाङको साकेला गाउँपालिकाले ‘एक घर एक ब्यवसाय र रोजगार’ को नीति अनुरुप तीन महिने व्यवसायिक कपडा सिलाई कटाई तालिम सम्पन्न गरेको छ । “औधोगिक लगानी र पूर्वाधार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास कार्यालय दिक्तेलको सहकार्यमा महिलाहरुका लागि तालिमको अयोजना गरेको हो ।

स्थानीय दश जना महिलाहरु सहभागि तालिम समापन पश्चात व्यवसायिक रुपमा उक्त पेशालाई अघि बढाउने प्रतिवद्धता जनाएपछि गाउँपालिका प्रमुख रबिप्रकाश राईले उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ । महिलाहरुलाई उद्यमी बनाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गरीवि निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको अध्यक्ष राईको भनाई छ ।

अध्यक्ष राईले गाउँपालिकाको एक घर एक व्यवसाय र एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको बताउनुभयो ।।