- राजन ढकाल (गाउँपालिका प्रमुखका उम्मेदवार, खोटेहाङ गाउँपालिका, नेकपा माओवादी केन्द)
मैले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको छु । सबैको प्रतिक्रिया हेर्दा अहिले नै जिते जस्तो भएको छ । अरुले किन उम्मेदवारी दिए थाहा छैन । तर, मेरो उम्मेदवारी यहाँको ठाउँ र यहाँका जनताका लागि विशेष भने पक्कै छ । खोटेहाङ गाउँपालिकालाई नमूना विकास तथा शिक्षा, स्वास्थ्य, रोजगारीमा पनि ऐतिहासिक काम गरेर देखाउन मैले उम्मेदवारी दिएको हुँ ।
शहर छिरेपछि गाउँमा आउने सोच कमैको मात्र हुन्छ । तर मेरो इतिहास तपाई आफैं हेर्नुहोस् । शहर छाडेर गाउँमा पढाउने मै राजन ढकाल हुँ । गाउँलाई नमुना बनाउने पनि मै हुँ । मैले शहर छाडेर गाउँलाई रोजे, गाउँलाई विकास र समृद्धिमा अगाडी बढाउने जहिल्यै सोचीरहे । १२ वर्ष सिम्पानी माविमा प्रअ (प्रधानध्यापक) भएर काम गरे, त्यपछि सिम्पानी क्याम्पस प्रमुख भए । क्याम्पसमा पढाए ।
साँच्चै भन्ने हो भने, गाउँको लागि गर्नुपर्छ भन्ने सोच कमैमा हुन्छ । मैले अहिले उम्मेदवार भएर भोटका लागि भनेको होइन, मैले यो काम गरेरै देखाउँदै आएको छु । दिक्तेल सदरमुकाम छाडेर शहरबाट गाउँ फर्किएर गाउँमै बसे, गाउँमै पढाए, गाउँकै विकासमा सहयोग गरिरहेँ ।
मैले जति पनि सामाजिक संस्थामा काम गरेको छु । नमुनाका रुपमा काम गरेको छु । विकासमा पनि नमुनाकै रुपमा अगुवाई गरेको छु ।
खोटेहाङ गाउँपालिकामा अन्य उम्मेदवार भन्दा मेरो उम्मेदवारी प्रभावकारी त्यसै पनि छ । जनताले व्यक्ति र योजना हेरेर, गाउँ ठाउँको विकास गर्ने मान्छे रोज्ने हुँदा त्यसको उपयुक्त पात्र अन्य दलले उठाए जस्तो लाग्दैन ।
००००
मेरो सपना अब यहाँ जितेर नमुना गाउँपालिका बनाउने नै हो । त्यो इच्छा योजना र जागर मभित्र छ । मैले यहाँ जित्ने प्रशस्तै आधारहरु पनि म देख्छु । संगठित रुपमा पनि मजबुत नै छ यहाँ हाम्रो संगठन । यहाँ ९ वडा छन् । लिकुवा पोखरी, सावाकटहरे, वाक्लुखा हाम्रो पकड क्षेत्र नै हो । सिम्पानी कर्मथलो हो भने लिक्चिराम्चे जन्मथलो भयो । इन्द्रेणीपोखरीमा कांग्रेस एमालेका उम्मेदवार त छन् तर त्यहाँको विकासमा सबैभन्दा बढी भूकिका हेर्ने हो भने मेरै छ । त्यहाँ मात्र होइन चिप्रिङमा पनि राजन ढकालले यो ठाउँलाई बनाए भोट दिनुपर्छ अन्य आस्था राख्ने मान्छेले पनि अहिले यस्तै भनिरहनु भएको छ । अरु ठाउँमा पनि हामीलाई माया गर्ने हुनुहुन्छ । हाम्रो संगठन राम्रै छ ।
००००
मैले शैक्षिक क्षेत्रमा पनि यो ठाउँमा नमूना काम गरेको छु । यस क्षेत्रमा विकास निर्माणको काम निष्पक्ष ढंगबाट भएको छ । शिक्षालाई मैले शैक्षिक अभियानका रुपमा चलाएको छु । विकासका लागि अग्रणी भूमिका खेल्दै आएको छु । यतातिर आएर एक पटक घुम्नुहोस्, जनताको कुरा बुझ्नुहोस् राजन राजन भनिरहनु भएको छ सबैले, पार्टी नहेर्ने गाउँ ठाउँकाे विकास र समृद्धिका लागि यस पटक राजनलाई भोट हाल्ने भनिरहनु भएको छ । । (कुराकानीमा आधारित)