खोटाङ ११ असार
आसन्न असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले खोटाङले निर्वाचन आचारसंहित विपरित गतिविधि गरेको पाइएको छ ।
सम्मानका नाममा मतदातालाई आचारसंहिता विपरित बाडिएको पैसा लिएपछि एक वृद्धा ।
एमालेले मतदातालाई पैसा बाड्ने, सरकारी नम्बर प्लेटको सवारी साधन चुनाव प्रचार प्रसारमा प्रयोग गरेर मतदातालाई प्रभावित पार्ने तथा आचार संहिता उल्लंघन गरेको हो ।
एमालेले चुनाव प्रचारमा प्रयोग गरेको सरकारी बाइक ।
एमालेले विभिन्न बहानामा मतदातालाई पैसा बाँडिरहेको भेटिएको छ । एमालेले रुपाकोट मझुवागढी नगरपालिका भित्र विभिन्न ठाउँमा गरिब असायका लागि जस्ता बहाना बनाएर पैसा बाड्ने गरेको भेटिएको हो । यस्तै, एमालेले विभिन्न ठाउँमा भोज भतेर समेत गर्दै मतदातालाई प्रभावित गरिरहेको समेत बताइएको छ ।
एमालेले सरकारी नम्बरको बाइकलाई समेत प्रचार प्रचारमा प्रयोग गरेको भेटिएको हो । एमालेले बा।२ ख ४००१ नम्बरको मोटरसाईकल प्रयोग गरेर चुनाव प्रसार–प्रसार गरिरहेको भन्दै नेपाली कांग्रेसले फोटोसहित निर्वाचन कार्यालयमा कारवाहीको माग गर्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।
एमालेलाई चुनाव प्रचार–प्रसारको क्रममा यस्ता आचासहिँता विपरित काम नगर्न निर्वाचन कार्यालयले ध्यानाकषर्ण समेत गराएको छ ।
यसअघि, शनिबार साँझ एमालेले त्रिवेणी चोकमा राती अबेरसम्म चुनावी कोणसभा गरेर पनि आचार संहिताको उल्लंघन गरेको थियो । ८ बजेपछि निर्वाचन प्रचार प्रसारका गतिविधि गर्न नपाइने भएपनि एमालेले भने आचारसंहिता उल्लंघन गर्दै रातीसम्म चुनावी कार्यक्रम गरेको थियो । पछि निर्वाचन कार्यालयको निर्देशनमा एमालेले कार्यक्रम रोकेको थियो ।
राती अबेरसम्म आचारसंहिता विपरित हुने गरी दिक्तेलमा एमालेद्धारा गरिएको चुनावी कार्यक्रम ।