रामधन राई/खोटाङ, १५ असार । खोटाङको केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गरिएको भेटिए पछि भएको बिबादको कारण मतगणना रोकिएको छ । करिब २ सय मत गन्दा–गन्दै एक मतपत्रमा मतदाता अधिकृतको हस्ताक्षर बिनाको मतदान भेटिए पछि भएको बिवादका कारण मत गणना रोकिएको हो ।
सात वडा भएको गाउँ पालिकामा वडा नम्बर १ फेदीबाट मत गणना शुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिईएको मतपत्रमा हस्ताक्षर नभएको पाईएपछि बिबाद् उत्पन्न भएको थियो । एमालेको प्रमुख उम्मेदवारले कृष्ण राईले ३७ मत ल्याउदै अग्रता लिएको मत गणनामा संघीय समाजबादी फोरम र नयाँ शक्ति नेपालका तर्फबाट प्रमुखका उम्मेदवार पाँचकुमार पीके खम्बुले २९, कांग्रेसका समिर राईले २४ तथा माओबादी केन्द्रकी रश्मी रशाईलीले ११ मत प्राप्त गरेकी छिन् । 
बिबादपछि सो वडाको मत गणनालाई स्थगित गरी अर्कै वडाबाट मत गणना शुरु गर्ने तयारी गरिएको जनाईएको छ ।