रामधन राई/खोटाङ, १५ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा माओबादी केन्द्रले अग्रता कायम गरेको छ । प्रारम्भिक मत परिणाम अनुशार माओबादी केन्द्रका मेयरका उम्मेद्वार हरिश्चन्द्र गिरीले कांग्रेस र एमालेका उम्मेद्वारलाई उछिन्दै अग्रता कायम गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा वडा नम्बर १ बाहुनीडाँडाबाट गणना सुरु गरिएकोमा माओबादी केन्द्र गिरीले ३९ कांग्रेसका मेयरका उम्मेद्वार इवन राईले ३४ र एमालेका उम्मेद्वार खडेन्द्र राईले १९ र संघीय समाजबादी फोरमका उम्मेद्वार बच्चु राईले १ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै लामीडाँडा गाउँपालिकाको प्रमुखमा एमालेको अग्रता कायम गरेको छ । एमालेका लिलाबहादुर निरौलाले १ सय १६ मत ल्याएर अग्रता कामय गरेका हुन् । यस्तै, माओबादी केन्द्रकी प्रमुखकी उम्मेद्वार डा. चेतकुमारी गुरुङले १ सय ६ र कांग्रेसका जनक कार्कीले ६५ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सो गाउँपालिकामा एमालेका उपप्रमुख समला राईले ११५, कांग्रेसका शोभा पाण्डेले ५७ र माओबादी केन्द्रका भुवराज पोखरेलले १ सय २० मत प्राप्त गरेको कार्यालयले जनाएको छ । राप्रपाका गाउँप्रमुखका उम्मेद्वार गिरीराजसिं बस्नेतले २ मत पाएको छ ।