खोटाङ १७ असार । स्थानीय तहको निर्वाचनमा सर्बत्र चासोको बिषय बनेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
 मत गणनाको शुरुवातदेखि नै माओवादी केन्द्रले अग्रता कायम राखे पनि गणना कार्य अन्तिम हुँदै जाँदा एमालेका मेयर दिपनारायण रिजाल र बिणादेबी राईले अग्रता लिएका हुन् ।  

१५ वडा रहेको नगरपालिकाको ११ वटा वडामा खसेको मत गणना गरिसक्दा एमालेको दिपनारायण रिजालले ३ हजार ९ सय २६ उपमेयरकी उम्मेदवार बिणादेबी राईले ४ हजार २० मत प्राप्त गरेका छन् । 
दोश्रो स्थानमा निस्कँदै नेपाली कांग्रेसका राजनशेर राईले ३ हजार ५ सय ३९ प्राप्त गरेका छन भने उपमेयरमा कान्ता केसीले ३ हजार २९ मत लिएका छन् । माओबादी केन्द्रका तर्फबाट दुर्गाजयन्ती राईका लागि ३ हजार ४ सय ५४ र उपमेयरका लागि होमकाजी आचार्य(बिनोद) ले ३ हजार ६ सय ११ मत ल्याउँदै दोश्रो स्थानमा रहेका छन् ।