‘गजल’
मलाई रुहाई तिमी हाँसेर गयौ निष्ठुरि!!
बिर्सी अन्तै साइनो गाँसेर गयौ निष्ठुरि!!

तिमी छौ हर-पल यो मनमा भन्दै!!
अर्कैको तस्बिर टाँसेर गयौ निष्ठुरि!!

बाँकी थियो फूल्न पिरतिको फूल!!
ती फूलको बिरुवा माँसेर गयौ निष्ठुरि!!

रमाउँदै चढ्यौ तिमी सजिएको डोलि!!

जिउँदै मलाई जमिनमा भासेर गयौ निष्ठुरि!!