काठमाडौं २६ साउन
तनावपूर्ण सम्बन्ध रहेको उत्तर कोरिया र अमेरिकाबिच पछिल्लो पटक पुनः विश्वभर एउटा चर्चा चुलिएर गएको छ । जुन चर्चामा उत्तर कोरियाले अमेरिकी सैन्य अखडामा हमाला गर्ने तयारी भईरहेको बताइन्छ ।
उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरु समाचार सम्प्रेषण गरेपछि विश्व एकाएक तातेको हो ।
स्थानीय समाचार संस्था केसीएनएले आर्मी प्रमुख किम राम ग्योमलाई उदृत गर्दै कोरियाली पिपुल्स आर्मी द हृवासँगले १२ वटा क्षेप्यास्त्र लञ्च गर्ने र जुन जापानको शिमाने, हिरोशिमा र कोचीहुँदै ग्वाम नजिकैको समूद्रमा झर्ने उल्लेख गरेको छ ।
कोरियाली सरकारी मिडियाका अनुसार सर्बोच्च नेता किम जोङ उनले अहिलेसम्म हमलाको यस योजनालाई स्वीकृति दिएका छैनन् ।
प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको टापू गुवाममा अमेरिकी एयरफोर्स र नौसेनाको एयर बेस छ । ५४१ वर्ग किलोमिटरमा फैलिएको यस टापू अमेरिकाका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण छ । गुवाममा १ लाख ६३ हजार अमेरिकी बसोबास गर्छन् ।