काठमाडौं २७ साउन
राष्ट्रिय जनता पार्टी अन्ततः निर्वाचनमा जान सहमत भएको छ । संविधान संशोधन निर्णयार्थ पेश गर्ने र फेल पास जे भए पनि खेलको नियम अनुसार निर्वाचनमा सहभागी हुने राजपाले जनाएको छ ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।
‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
उनले संशोधन विधेयक पास हुने आफूलाई लागेको भन्दै फेल गराइए फेल गराउनेलाई जनताले दण्ड जरिवाना तथा सजाय दिने भन्दै खेलको नियम अनुसार आफूहरु अघि बढ्ने बताए ।
बैठकमा स्थानीय तहको संख्या यसअघि सरकारले बढाए अनुसार निर्धारण गर्ने सहमति समेत जुटेको छ ।