खोटाङ २८ साउन
देशभरी नै बाढी र पहिरोले ठूलो जनधनको क्षति भईरहेको अवस्थामा खोटाङमा पनि एक बालकको ज्यान गएको छ ।
केपीलासगढी गाउँपालिका–४ बस्ने मन्जुल राईको छोरा ७ वर्षीय रोबिन राई घरबाट हराएकोमा केपीलासगढी–५ स्थित तापखोलाले बगाई ल्याएको अवस्थामा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाढीका कारण तराई क्षेत्रसहित देशका विभिन्न भुभागमा करिब तीन दर्जनको ज्यान गएको छ भने हजारौं विस्थापित बनेका छन् ।